Blue Theme Green Theme Red Theme रंग योजना परिवर्तन
आरएसएस फिड
पोस्टका लागी
कमेन्टका लागी

Calendar

  • May 2012
    S M T W T F S
    « Oct    
     12345
    6789101112
    13141516171819
    20212223242526
    2728293031  

नेपालीमूलका भारतीय कलाकार प्रशान्त तामाङलाई नेपाल पर्यटन वर्ष २०११ का लागि सद्भावना राजदूत बनाइएको छ ।

पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव एवम् नेपाल पर्यटन बोर्डका अध्यक्ष किशोर थापाले शुक्रबार आयोजित कार्यक्रममा नेपालको पर्यटन प्रबर्द्धनका लागि सद्भावना राजदूत तोकिएको सम्मानपत्र प्रदान गर्नुभयो ।

नेपाली चलचित्र गोर्खा पल्टनमा अभिनय गरेका तामाङ सन् २००७ मा इन्डियन आइडल हुनुभएको थियो ।
सो कार्यक्रममा कलाकार तामाङले भारतमा बसे पनि आफू नेपाली नै हूँ भन्दै सङ्गीत र अभिनयको माध्यमबाट नेपाललाई भारत र विश्वभर पहिचान गराउन सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

पर्यटनसचिव थापाले नेपाल र नेपालीप्रति सद्भाव राख्ने मित्रहरूलाई सद्भावना राजदूत बनाउने सरकारको नीति रहेको उल्लेख गर्दै युवापुस्तालाई नेपाल आउनका लागि कलाकार प्रशान्तको गीत सङ्गीतले प्रोत्साहित गर्ने विश्वास व्यक्त गर्नुभयो ।
बोर्डका कार्यकारी प्रमुख प्रचण्डमान श्रेष्ठले नेपालको पर्यटकीय आकर्षणलाई बुझेका मित्रहरूले अन्तरराष्ट्रिय जगत्मा नेपाललाई चिनाउन ठूलो सहयोग पुर्‍याइरहेको बताउनुभयो ।

अनलाईनमा देशको खबर हेर्न बसेको,आज फेरि पनि बन्द रहेछ । हैन बन्द भनेको त बिरोधको सबै उपाय सके पछि अन्तमा  गरिने आन्दोलनको कार्यक्रम होईन र ? नेपालमा त सबै भन्दा पहिलेको कार्यक्रम पो हुन थाल्यो  यो त । कसैको सनकको भरमा बन्द हुन्छ नेपाल। फेरि हामी पनि यस्तो भैसक्यौ कि जसले बन्द भने पनि चुपलागेर  सहेर बस्ने ।

पुरै पढ्नुस्

अभिताभ बच्चनको नायकी भएको राम्रो चलचित्र हो कभि कभि । कथानक निक्कै राम्रो लाग्या थ्यो मलाई । प्रेम विषयमा बनाइएको चलचित्र भिन्न प्रस्तुती थियो हो कथानकमा । आजको जस्तो होइन । पृथक नै कथा अनि प्रेमको प्रस्तुती हेरिसक्नु भा होला धेरैले । त्यसैको एउटा गीत तेरे चेहरे से नजर नहीं हट्ती नजारें हम क्या देखें………….. यो चाहिँ मेरो दैनिकीमा आइरहने गीत बनेको छ । विहान विहान उठ्ना साथ नजारा र डगर भन्दा पनि शहरका अनुहार हेरिरहनु परेको छ । दिनको सुरुवाताको उर्जाशिल समयको अनुहार हेराइ पनि अजब गजबको हुने । पावर कम भएर चश्मा लगाएको मेरो आँखाको प्रभातकालिन हेराइ पर्ने अनुहार कम्ता भाग्यमानी चाहिँ होइन । नेपालमा भाग्यमा विश्वास गर्ने जस्तै भाग्यमानीको साख्या पनि कम छैन । मेरो प्रभातिय नजर पर्नेहरु पनि त्यस्तै होलान् । हुन सक्छ म नै भाग्यमानी हुँ विहान विहान……………. हा हा हा । अगणित अनुहार माथि झुलुक्क पर्ने मेरो नजर । पुरै पढ्नुस्

देशको बिग्रदो स्थितिले लाखौं युवा रोजगारको लागि बिदेशिएका छन । देशमा बेरोजगार भएर बस्नु भन्दा बिदेशै गएर भए पनि आत्मनिर्भर हुनुलाई सकारात्मक रुपमै  लिनु पर्छ । तर लाखौ नेपालीको बिदेशको कमाई भने सही ठाउँमा उपयोग हुन सकेको छैन । नेपाली युवाहरुको कमाई काठमाण्डौं लगायतका शहर उन्मुख बजारमा घर,जग्गा जोड्ने कामको लागि प्रयोग भैरहेको छ । सरकारले बिदेशको कमाईलाई उपयोग गर्ने खालको कार्यक्रम नल्याउँदा महिनामा ठुलो रकम अनुत्पादक उद्धेष्यका लागि खर्च भैरहेको हो ।

पुरै पढ्नुस्

प्रतिभालाई केहीले पनि छेकेर छेकिन्न, प्रतिभासालीहरुले कठीन समयमा पनि सफलतालाई आत्मसात गरेरै छोडछन भन्ने भनाईलाई अनिल गुरुङले प्रमाणीत गरेका छन । देशका फुटबलका हर्ताकर्ताहरुको कुर्सीको लडाईले २ बर्षसम्म घरेलु फुटबल ठप्प हुँदा पनि  यि खेलाडीले आफुले पाएको अवसरहरुमा गरेको उत्कृष्ट प्रदर्शनका कारण  फुटबल प्रेमीको ध्यान आफुतिर खिचिरहन सफल रह्यो । त्यसैले त किर्तिमानधारी ६३ लाख ६० हजार रकममा  भारतिय लिगको  सिलोङ लाईओङ क्लबमा तीन बर्षका लागि अनुबन्ध हुन सफल भएका छन । यो रकम कुनै पनि नेपाली खेलाडीले पाएको अहिले सम्मकै सर्बाधिक हो । पुरै पढ्नुस्

प्रेम र युद्धमा जे पनि जायज हुन्छ । सायद युद्ध र प्रेमको मामलामा मानिस निक्कै तल्लो हद सम्म गिर्न सक्छ भनेर जनाउन खोजिएको होला । यो भनाई शाश्वत लाग्छ । सायद सत्य पनि ? आज सम्म युद्ध, प्रेम र महिला यी विषयमा जस्तो विश्व र विश्वमत कुनै पनि कुरामा विभाजित भएको छैन होला । महाभारत देखी युद्ध अनि महिला र प्रेम आज सम्म पनि मानव जगतको अनुहारै कालो गराउने गरि विभिषिकाका कारण भएका छन् । सिताका कारण रामायण मच्चियो भने महाभारतमा द्रौपदीको पनि कम भूमिका छैन । बालीको बध देखी कुरुक्षेत्रका मोर्चामा युद्धमा जायज भन्दै अनेकन तिकडम गरिएका रोचक कथा छन् । तिनमा झुकेको छ मानवता । पौराणिक कथा देखी नै युद्ध र महिला सागै जोडिएको प्रेम र आशक्ति सबैले विश्व अनि सत्ता हल्लाएका छन् । नत्र ईन्द्रको आसन त्यसै त राक्षस डगमगाउन सक्दैनथे । सुरा सुन्दरी र सत्ता ईन्द्र यसैको वरपर हुन्थे । सानोमा कथा सुनेको हो ईन्द्रको अनि रामायाण र महाभारत अनि शिवपुराण १४ ईन्चे श्यामश्वेत टिभीमा हेरेकै हो । ईन्द्रको सत्ता हरेक पल्ट उवर्शीका उर्वौला नृत्यमा मग्न भएरै पल्टेको छ । आजको युगमा भएका भए प्लेब्वाइ कहलाउँथे होलान् ईन्द्र अनि क्याब्रे र डान्स रेस्टुराँका खाँटी ग्राहक । उनको यही महिला र नृत्यप्रेमले स्वर्गको सत्ताका लागि पटक पटक युद्ध भएको छ । देव र दानवगण लडेका छन् । आफ्नो सत्ताका लागि दधिचि ऋषिको हाड समेत बाँकी राखेका छैनन् ईन्द्रले । पुरै पढ्नुस्

शनिबारको दिन बिहानी पख देखें मैले एउटी सुन्दरीलाई………हो ठ्याक्कै यही गीत बजिरहेको थियो बाहिर मेरो आँखा खुल्दा । लौ विहानको आठ बजिसकेको रहेछ के विहान भन्ने ? दिन नै पो लागि सकेछ । घामले झ्यालको पर्दाबाट नियाली रहेको छ । उफ् आज पनि ढिला हुने भो हो, फेरी ठुस्काइ अनि नानाभाँती कुरा….उफ् । क्या बोर है यो लाइफ । शनिबारको दिन पनि पुरा निन्द्रा नै मर्ने गरि सुत्न पाइएन । मनमा हुँडरी नै आयो लाइफ देखी बिरक्त । भएर पनि के गर्नु ….त्यै मोरीको पापी मायाले तानेको छ । शरिर त घिसार्नै परो नि । आफै देखि बिरक्त मानिरहेको म कसैको कुरा सुन्ने मुडमा नि छैन । अब छिटो ब्रस गरेर फ्रेस हुने अनि शनिबारका लागि फिक्स गरिएको आफ्नी सुन्दरी सँगको भेटलाई सफलताका साथ सम्पन्न गर्ने । योजना बनिसकेको थियो मेरो निन्द्रा खुलेको १५ मिनेटका लागि कार्यान्वयनमा लाग्दै थ्यें । पुरै पढ्नुस्